मिस्टर नेपाल-२०२३ बने पाइलट उपाधि कार्की
काठमाडाैं | साउन ८, २०८०
काठमाडौं: विराटनगरका पाइलट समर्पण कार्की मिस्टर नेपाल-२०२३ बनेका छन्।
शनिबार भएको एक कार्यक्रममा १८ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस्टर नेपालको उपाधि जितेका हुन्। उनलाई मिस्टर नेपाल नुतन श्रेष्ठले ताज लगाइदिएका थिए।
युवाको प्रेरणाको स्रोत बन्ने उद्देश्यसहित प्रतियोगीतामा सहभागी भएका कार्कीले मिस्टर इन्टल्लेक्चुअलको उपाधि समेत हासिल गरे।
प्रतियोगीतामा उनले नगद ५ लाख बराबरको उपहारसहित 'मिस्टर वर्ल्ड २०२३' वा 'मिस्टर ग्लोबल २०२३' मा नेपालको प्रतिनिधित्व अवसर प्राप्त गरेका छन्। समर्पण पेशाले पाइलट हुन्।
प्रतियोगीतामा काठमाडौंका निमेश कपाली फर्स्ट रनरअप, काभ्रेका क्रिशल श्रेष्ठ सेकेन्ड रनरअप, चितवनका डा. विजय दुवाडी थर्ड रनरअप र भक्तपुरका असिम लामिछाने फोर्थ रनरअप घोषित भए।
अभिनेत्री आँचल शर्मा, माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे, विश्व किरण जैन, लु लिन, मनिषा डंगोल, राजभाई सुवाल, शैलजा अधिकारीलगायत निर्णायक रहेको प्रतियोगीतामा मोस्ट पपुलर रमननाथ गिरी, मिस्टर एक्टिभ र बेस्ट फिजिक प्रेम कुमार यादव, बेस्ट स्किन मिकाज कार्की, बेस्ट हेयर राजीव तिवारी र न्युलुक म्यान च्वाइस लोकेश प्रधानाङ्गाले हात पारे।
यो प्रतियोगिता नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको हो।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

